अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपतिमा राखियो सुनको जलहरी

पशुपतिमा राखियो सुनको जलहरी


काठमाडौं- पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिमा सुनको जलहरी राखिएको हो ।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गर्नु भएको थियो । सोहीअनुसार पशुपतिमा सुनको जलहरी राखिएको हो ।

जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजासमेत गर्नु भएको छ । जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।