अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक


काठमाडौं- पूर्वसञ्चारमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

गोकुल बाँस्कोटाका पिता हरिप्रसाद बास्कोटाको काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे निधन भएको हो ।

लामो समयदेखि बिरामी रहनुभएका गोकुल बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।