अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार

रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार


काठमाडौँ-रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।

नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूलीबाट काठमाडौँतर्फ तीन जनाको उद्धार गरेको छ।

त्यसैगरी निजी क्षेत्रका हेलिकप्टर कम्पनीतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिक हेलिकप्टरले रसुवाबाट तीन जना, अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा चार जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट टिचिङ अस्पतालमा दुई जना, फिसटेल हेलिकप्टरले पाँच जना, एभरेस्ट हेलिकप्टरले दुई जना र प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा तीन जनाको उद्धार गरेका छन्।

बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।