अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु, ६३ जना उपचाररत


काठमाडौँ-रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण अहिलेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक तथा पहिचान नखुलेका २० जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ। त्यस्तै, धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनासहित १८ जनाको शव फेला परेको छ।

गोरखामा एक महिला, ४ पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको प्रहरीले जनाएको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनासहित ३३ जनाको शव फेला परेको छ।

त्यस्तै, तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक गरी ५ जनाको तथा नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकासहित ११ जनाको शव फेला परेको छ।

६३ जना उपचाररत

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

२८ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीका अनुसार बाढीपछि २८ जना प्रहरीसमेत सम्पर्कविहीन छन्।

टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५ तथा वेत्रावती र हाकुबाट एक–एक जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।