अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र विप्लवबीचको हस्ताक्षर समारोह सुरू (लाइभ)

सरकार र विप्लवबीचको हस्ताक्षर समारोह सुरू (लाइभ)


काठमाडौं- सरकार र विप्लव समूहबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु भएको छ । कार्यक्रम राष्ट्रियसभागृहमा सुरु भएको हो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा आली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले संम्बोधन गर्दै हुनुहुन्छ ।

हस्ताक्षर समारोह सुरु हुनुअघि प्रधानमन्त्री र विप्लवबीच भेट भएको थियो । उहाँहरूबीच वालुवाटारमा भेटवार्ता भएको थियो ।

विप्लव सरकारसँगको तीन बुँदे हस्ताक्षर कार्यक्रममा सहभागी हुनका लागि शुक्रबार नवलपरासीबाट गाडी चढेर काठमाडौं आउनु भएको हो ।