अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउनुहुने

भोलि प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउनुहुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउने हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्नु हुने भएको हो ।

आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

आइतबारदेखि संवैधानिक निकायका पदाधिकारीहरूले समेत खोप लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ । यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना छ ।