अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त

चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त


काठमाडौं- चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त भएका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको तीन रिक्त पदमा अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरेको हो । बोर्डमा लामो समयदेखि सदस्य पद रिक्त थियो ।

अर्जुनकुमार फिल्म निर्माता र गायक हुन् भने राज फिल्मका कलाकार हुन् । राज कटुवालले फिल्म ‘लालटिन’, ‘लीला’लगायत म्युजिक भिडियोमा अभिनय गरेका छन् । भट्टराई भने निर्देशक हुन् ।

यससँगै चलचित्र जाँच समितिमा (सेन्सर बोर्ड) मा सन्तोषकुमार थापा, राजेश महर्जन र मीनक्षी कोइराला नियुक्त भएका बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिनुभयो ।