अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रकमा आगलागी हुँदा तनहुँमा दुई जना घाइते

ट्रकमा आगलागी हुँदा तनहुँमा दुई जना घाइते


तनहुँ- जिल्लाको व्यास नगरपालिका-१२ घाँसीकुवामा जलविरे मार्बल बोक्ने ट्रक दुर्घटना भएर आगलागी हुँदा दुई जना घाइते भएका छन् । घायते हुने दुवै जना भारतीय नागरिक हुन् ।

भारतबाट दमौली आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो १२ः३० वजे दुर्घटना भएको थियो ।

भारतको उत्तरप्रदेश निवासी चालक ४१ अशोककुमार राजपुत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको र उउनीहरू घाइते भएको उहाँले जानकारी दिनुभयो । हमालका अनुसार घाइते दुवैको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ ।