अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल ११८ पुग्यो

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल ११८ पुग्यो


काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको छ भने डिजेल र मट्टीतेल १०१ पुगेको छ । निगमले हवाई इन्धनको खुद्रा मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले बढाएको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन भने यथावत कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मंगलबार साँझ वृद्धि भएको इन्धनको मूल्य राति १२ बजेदेखि लागू हुने प्रवक्ता उपाध्यायले बताए ।