अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मास टेक्नोलोजीको शोरुम कुपण्डोलमा

मास टेक्नोलोजीको शोरुम कुपण्डोलमा


काठमाडौं– ललितपुरको कुपण्डोलमा सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालन भएको छ ।

मास टेक्नोलोजीले सेफ्टी एण्ड सेक्युरिटी टेक्नोलोजीमा अब्बल मानिएको दाहुवा ब्रान्डका विभिन्न प्रविधि भित्र्याएको हो । १० वर्षदेखि नेपाली बजारमा दाहुवाले व्यापार गर्दै आएको छ ।

मास टेक्नोलोजीको एक कार्यक्रमबीच मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उदघाटन गर्नुभयो ।

मास टेक्नोलोजीका प्रबन्ध निर्देशक अख्तर हुसेनले एउटै ठाउँमा सिसिटिभी, ट्राफिक लाइट्स, राडार सिस्टम, फायर प्रोडक्टलगायतका सामग्री एकै ठाउँमा उपलब्ध गराउने गरी एकीकृत शोकरुम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले देशैभर शाखा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

ई–थ्री सेल्स एन्ड सर्भिसका रञ्जीत सिंहले स्मार्ट सिटीका लागि आवश्यक हुने सबै सामग्री मास टेक्नोलोजीले उपलब्ध गराउने बताउनुभयो । उहाँले दाहुवा टेक्नोलोजीबाट आफूहरुले केन्द्रबाटै धेरै स्थानमा कन्ट्रोल गर्ने प्रविधि ल्याएको जानकारी दिनुभयो ।