अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुलमान वल भए नेपाल टेलिभिजनको महाप्रबन्धक

फुलमान वल भए नेपाल टेलिभिजनको महाप्रबन्धक


काठमाडौं– नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान वल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चार वर्षका लागि वललाई महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँ खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त हुनुभएको हो ।

गोविन्द रोका ‘सचिन’ फागुन पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि रिक्त महाप्रबन्धकमा वललाई नियुक्त गरिएको हो ।

कान्तिपुर दैनिकमा डेढ दशकसम्म कला शैलि संयोजक रहनुभएका वलले ठूलो पर्दाका चलचित्रको निर्देशनसमेत गरिसक्नुभएको छ ।