अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलालाई जिउँदै खाल्टोमा पुर्ने डोजर चालक पक्राउ

महिलालाई जिउँदै खाल्टोमा पुर्ने डोजर चालक पक्राउ


धादिङ- जिल्लाको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालक पक्राउ परेका छन् । उलाई प्रहरीले नेपाल-भारत सीमाबाट पक्राउ गरेको हो ।

आरोपी भीमबहादुर बुढाथोकीलाई कञ्चनपुरस्थित नेपाल-भारत सीमानाकाबाट पक्राउ गरेको सीआईबीले जनाएको छ । उनी भारततर्फ जाँदै गर्दा पक्राउ परेको सीआईबीका प्रमुख डीआइजी सहकुल थापाले जानकारी दिनुभयो । पक्राउ परेका बुढाथोकीलाई सीआइबीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

१७ फागुनमा घाँस लिएर घर गइरहेकी त्रिपुरासुन्दरी गाउँपलिका-१ की ४० वर्षीया सरस्वती कुमाल डोजरको ठक्करबाट खाडलमा खस्नुभएको थियो । खाडलमा खसेर घाइते उहाँलाई चालक बुढाथोकीले त्यहीँ पुरिदिएका थिए । उक्त घटनालगत्तै चालक बुढाथोकी भागेर भारतको हरिद्वार पुगेको सीआईबीका प्रमुख थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनी ११ फागुनमा हरिद्वारबाट जुमनाहा नाका हुँदै नेपालगञ्ज आएका थिए । त्यहाँ केही समय बसेर उनी नेपालगञ्जबाट कञ्चनपुरको नाका प्रयोग गरी भारत जान खोज्द परेका हुन् ।

नेपालगञ्जमा आएर उनले चलाएको मोबाइल र सीम कार्ड होटेलमै छोडेर भारत हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।