अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा एकैदिन १२ सयभन्दा बढी संक्रमितको मृत्यु

ब्राजिलमा एकैदिन १२ सयभन्दा बढी संक्रमितको मृत्यु


साओ पाओलो- ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकै दिन १ हजार २ सय ९० जनाको मृत्यु भएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २ सय ९० संक्रमित मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसैगरी आइतबार सम्ममा यहाँ यो संक्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुुसार यहाँका प्रति १ लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै, यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।

ब्राजिलको साओ पाओलो शहर सुरूदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्ष पनि भरिएका पाइएको छ ।

त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ ।