अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण


विराटनगर- गत २४ घण्टामा प्रदेश-१ मा १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पीसीसीआर परीक्षण गर्दा सात पुरुष र छ महिला गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा विराटनगरका महानगरपालिका-१०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश-१ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।

त्यस्तै, प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएको छ ।