अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी


तनहुँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई राम्रो पढ्न सुझाव दिनुभएको छ ।

खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीसँग आज भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीको पढाइको अवस्थाबारे जानकारी लिँदै राम्रोसँग पढ्न सुझाव दिनुभएको हो ।

पढाइ कस्तो छ भनेर प्रधानमन्त्री ओलीले सोध्दा विद्यार्थीले राम्रो छ भन्नुभएको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राम्रोसँग पढ्नुहोला ।’

प्रधानमन्त्री ओलीले विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग भर्चुअल माध्यमबाट कुराकानी गर्नुभएको विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरेले जानकारी दिनुभयो ।

कोभिड महामारीको बेलामा विद्यार्थीले अनलाइनबाट कसरी अध्ययन गरेका थिए भन्ने विषयमा प्रधानमन्त्री ओलीले चासो व्यक्त गर्नुभएको थियो । ‘अनलाइनबाट अध्ययन गर्दा कतिको प्रभावकारी भयो भन्ने विषयमा प्रधानमन्त्री ओलीले विद्यार्थीसँग कुराकानी गर्नुभयो,’ प्रधानाध्यापक घिमिरेले भन्नुभयो ।

विद्यालयले पाँच महिना अगाडिबाट ‘फ्युज क्लासरुम’ बाट अध्यापन गराउँदै आएको थियो । ‘फ्युज क्लासरुम’ बाटै विद्यालयले परीक्षा लिने, गृहकार्य दिनेलगायतका काम गरेको थियो ।

सो अवसरमा फ्युज मेसिनका नेपाल प्रमुख पराग श्रेष्ठले प्रधानमन्त्रीलाई यसबाट पढ्न गर्नुपर्ने प्रयोगको बारेमा जानकारी गराउनुभएको थियो ।