अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना महामारीको दोस्रो चरणः भारतद्वारा कोभिशील्ड निर्यातमा रोक

कोरोना महामारीको दोस्रो चरणः भारतद्वारा कोभिशील्ड निर्यातमा रोक


काठमाडौं– भारतले अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिन कोभिशील्डको निर्यातमा रोक लगाएको छ ।

बीबीसी हिन्दीका अनुसार देशमा कोरोना संक्रमित फेरि बढ्न थालेसँगै भ्याक्सिनको माग बढ्ने भन्दै तत्कालका लागि कोभिशील्ड निर्यातमा रोक लगाइएको हो । यसबाट अप्रिल अन्तिमसम्म भ्याक्सिन निर्यातमा असर पर्ने देखिएको छ । कोभ्याक्स योजनाअन्तर्गत पर्ने नेपालसहित १ सय ९० देशमा यसको असर पर्ने छ ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा चलिरहेको कोभ्याक्स योजनाको उद्देश्य सबै देशमा कोरोना भ्याक्सिन सुनिश्चित गर्नु हो । भारतले अहिलेसम्म ७६ देशमा कोरोना भ्याक्सिनको करिब ६ करोड डोज पठाएको छ ।