अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यती एअरलाइन्सको अन्तर्राष्ट्रिय परीक्षण उडान

यती एअरलाइन्सको अन्तर्राष्ट्रिय परीक्षण उडान


काठमाडौं– विगत २३ वर्षदेखि नेपाली आकाशमा उडान सेवा गर्दै आएको यती एअरलाइन्सले काठमाडौं-बनारस-काठमाडौंको परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।

दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टरर नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति माग गरेको थियो ।

जसका लागि कम्पनीले परीक्षण फ्लाइट सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्छ । सोही प्रतिवेदनका आधारमा क्यानले उडान भर्नका लागि अनुमति प्रदान गर्नुपर्ने हुन्छ ।

उक्त उडानसँगै यतीले अन्तर्राष्ट्रिय उडानको लागि अनुमति प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारको उडानको प्रतिवेदनसँगै केही दिन भित्र यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।