अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट जोगिन सरकारी निर्देशन र आदेश पालना गरौँ : प्रधानमन्त्री ओली

कोरोनाबाट जोगिन सरकारी निर्देशन र आदेश पालना गरौँ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतमा कोरोना संक्रमणको जोखिम बढेकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।

भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले सरकारका निर्देशन र आदेश पालना गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

‘भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । हामी सतर्क हुन जरुरी छ, अनुशासन पालन गरौँ,’ काठमाडौंमा आयोजित पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा कार्यक्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

उहाँले जनताको जीवन रक्षाका लागि सरकार सक्रिय रहेको बताउनुभयो ।

‘हामी जनताप्रति उत्तरदायी, जवाफदेही तरिकाले काम गरेका छौँ । सरकारले ८३ ठाउँबाट स्वाब परीक्षण गर्न पाउने व्यवस्था गरेको छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘तीन सयभन्दा बढी ठाउँबाट खोप लगाउने व्यवस्था गरिएको छ, हालसम्म नेपालमा १८ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् । सरकार जनताको सेवाप्रति उत्तरदायी छ ।’