काठमाडौं- बिहीबार नेपालमा १ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा २ हजार ८ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५ जना निको भएका छन् ।
योसहित हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ । यस्तै, हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा १ हजार २ सय १७ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया