काठमाडौं– विभिन्न जिल्लामा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा चरम प्रदुषण फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी सचेतता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी यस प्रदूषणबाट श्वासप्रश्वास लगायत विभिन्न समस्या उत्पन्न हुन सक्ने बताउनुभएको छ । घरबाहिर खुल्ला स्थानमा नबस्न, मर्निङवाक नगर्न र घरबाहिर गएर शारीरिक व्यायाम नगर्न विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया