अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ८५ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

आज ८५ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घन्टामा देशरभ ८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ७४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मुलुकभर २ लाख ७६ हजार ७५० जनामा कोरोना संक्रमण पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ४३५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

शनिबार ९३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।