अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा एकैदिन थपिए ६३ हजार कोरोना संक्रमित

भारतमा एकैदिन थपिए ६३ हजार कोरोना संक्रमित


नयाँदिल्ली- भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट दैनिक सङ्क्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।

पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमित हुनेहरूकोभन्दा सङ्क्रमणमुक्त हुनेको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा समेत दिन प्रतिदिन बृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३१२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल १ करोड १९ लाख ७१ हजार ६३४ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कुल एक करोड १३ लाख २३ हजार ७६२ जना सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्यांक छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने चार लाख ८६ हजार ३१० रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट मृत्यु भएकाको कुल सङ्ख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट अहिलेसम्म ५४ हजार ७३ जनाको मृत्यु भएको छ ।

भारतमा यही मार्च २७ सम्म कुल २४ करोड नौ लाख ५० हजार ८४२ जनाको कोरोना परीक्षण गरिएको छ भने कुल ६ करोड २ लाख ६९ हजार ७८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।