अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गरिने

सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गरिने


ललितपुर– सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जीवित इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुग्नुभएको थियो ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र उहाँले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताउनुभएको थियो । ‘राष्ट्रपतिज्यूले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जीवित इतिहार बोकेका संस्कृविद जोशीको निवासमा आएको हुँ,’ जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भन्नुभयो ।

आफ्नो निवास पुग्नुभएका मन्त्री श्रेष्ठ सहितको टोलीलाई अभिवादन गरेर स्वागत गर्दै १ सय १ वर्ष पुरा गर्नुभएका संस्कृतिविद जोशीले आफु स्वाथ्य भएको प्रतिक्रिया दिनुभएको थियो ।

राष्ट्रप्रमुख एवं राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख एवं प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर आफ्नो निवासमा आउनु गौरब महसुस भएको प्रतिक्रिया दिदै संस्कृतिविद जोशीले भन्नुभयो– ‘अहिलेसम्म मलाई सरकारले सबै सहयोग गरिसकेको छ ,मेरो नाममा विद्यालय खोल्ने तयारी गर्नु समस्त संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस गरेको छु ।’

आउँदो वैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा गर्नुहुने संस्कृतिविद जोशी जीवित अवस्थामै उहाको नाममा विद्यालय स्थापना गर्ने तयारी सुरु गरेको छ ।

आगामी आबमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउदै मन्त्री श्रेष्ठले भन्नुभयो– ‘उहाँको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुनेछ । मुल ढोकामा उहाको पुर्णकदको प्रतिमा रहनेछ । सुन्दर बगैंचाको बीचमा बन्ने विद्यालय दरबार हाइस्कुल जस्तै भव्य हुनेछ ।’

मन्त्री श्रेष्ठले त्यसो भनिरहदा सञ्चारकर्मीले जोशीलाई सोधेका थिए– ‘कहाँ विद्यालय स्थापना गर्दा राम्रो हुन्छ त ? लगत्तै संस्कृतिविद जोशीले भन्नुभयो– ‘यही स्थानामा स्थापना गर्नुपर्छ भन्ने छैन जहा आवश्यकता परेको छ त्यही स्थानमा बनाउनुस् । जुन जिल्लाका विद्यार्थीले पढ्न पाएका छैनन् त्यो स्थानमा स्थापना गर्नुस् ।’