अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको हटस्पट बने स्कुल–कलेज

कोरोनाको हटस्पट बने स्कुल–कलेज


काठमाडौं– कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् ।

काठमाडौँ उपत्यकासहित सहरी क्षेत्रमा देखिएका संक्रमितमा शिक्षक एवम् विद्यार्थीको संख्या उल्लेखनीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शैक्षिक संस्था कोरोना संक्रमणको हटस्पट बन्न थालेको देखिएको छ ।

पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ ।

भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभागअन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए । ‘

डा। पौडेलले कोरोना संक्रमणका लागि विद्यालय जोखिम क्षेत्र रहेको उल्लेख गरे । ‘विद्यालयको होस्टलबाट पनि धेरैमा संक्रमण हुने जोखिम छ,’ उनले भने, ‘अभिभावकले संक्रमित भएको अवस्थामा बालबच्चालाई विद्यालयलाई विद्यालय पठाइदिनु भएन ।’