काठमाडौं- नेपालमा सोमबार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ५ सय ३६ जनाको पीसीआर गर्दा आज २ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले जानकारी दिनुभयो ।
‘आज ४ हजार ५ सय ३६ को पीसीआर गर्दा २ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ,’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘नेपालमा फेरि कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।’
आइतबार नेपालमा ३ हजार ४ सय ५६ को पीसीआर गर्दा १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया