अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टीजेन परीक्षण गर्नुपर्ने

उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टीजेन परीक्षण गर्नुपर्ने


काठमाडौं- काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अब नाकामा एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रजिअ पराजलीका अनुसार तत्कालको लागि सबै यात्रुको हकमा एन्टीजेन परीक्षण अनिवार्य नगरिए पनि शंका लागेको व्यक्तिलाई परीक्षण गरिने छ ।

आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।

कोरोना संक्रमण जोेखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम केही दिनदेखि सुरू गरिएको थियो ।

कोरोनाको जोखिम बढिरहेकोले आगामी दिनमा अझ कोरोना संक्रमण भित्रन नदिन अझै कडाईका साथ काम अघि बढाउने समेत उहाँले बताउनुभयो ।