अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘असारसम्म नेपालमा कोरोना महामारी उच्च विन्दुमा पुग्न सक्छ’

‘असारसम्म नेपालमा कोरोना महामारी उच्च विन्दुमा पुग्न सक्छ’


काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आउँदो जेठ/असारमा कोभिड-१९ को संक्रमण दर उच्च हुनसक्ने बताउनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । स्वास्थ्यमन्त्री त्रिपाठीले विश्वका अन्य मुलुकको तुलनामा कोभिडबाट नेपालमा मृत्युदर कम भएको तथ्यांकसमेत प्रस्तुत गर्नुभयो ।

नेपालमा पहिचान भएका संक्रमितमध्ये ९८ प्रतिशत निको भएकोमा सन्तोष प्रकट गर्दै उहाँले नेपालमा संक्रमितको मृत्युदर एक दशमलव एक प्रतिशत मात्र रहेको बताउनुभयो ।

सार्क देशहरूमा कोभिडबाट मृत्युदर एक दशमलब चार प्रतिशत रहेको जानकारी दिँदै मन्त्री त्रिपाठीले विश्वमा संक्रमित मध्ये दुई दशमलव दुई प्रतिशतको निधन हुने गरेको बताउनुभयो ।

अहिलेसम्म मृत्युदर थोरै भए पनि अब भने कोभिड महामारीको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको नेमा प्रदेश सरकार, स्थानीय तह, समुदाय र सरोकारवालाहरूको सहयोग र सहकार्यका कारण कोभिड-१९ का कारण हुने मृत्युदर तथा संक्रमण कम राख्न सकिएको हो ।’

महामारी सुरू भएपछि २२ लाख ८५ हजारभन्दा धेरैको परीक्षण गरिएको जानकारी दिँदै उहाँले २ लाख ७७ हजारभन्दा केही धेरैलाई संक्रमण भएको बताउनुभयो ।