अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा


काठमाडौं- कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिनुभएको छ ।

तीनै जना मन्त्रीले मंगलबार राजीनामा दिनुभएको एमाले सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो । एमालेबाट मन्त्री हुनुभएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको हो ।

नेकपा एमाले कर्णाली संसदीय दलले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन चैत ४ गते फिर्ता लिएको थियो । सोही बैठकले आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

संसदीय दलको बैठक अगाडि नै मन्त्रीहरूले राजीनामा दिनुभएको शाहले जानकारी दिनुभयो । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

कर्णाली प्रदेशमा ४० सांसद छन् । सरकार बनाउन २१ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । माओवादी केन्द्रले एमालेमा लाग्नुभएको धर्मराज रेग्मीलाई कारबाही गरेको छ ।