अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी सरकार ढाल्ने कसैमा हिम्मत छैन : सचेतक ढकाल

लुम्बिनी सरकार ढाल्ने कसैमा हिम्मत छैन : सचेतक ढकाल


काठमाडौं- लुम्बिनी प्रदेश नेकपा एमालेका सचेतक भूमेश्वर ढकालले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृतवको सरकार नै पाँच वर्ष सरकार चल्ने बताउनुभएकाे छ ।

उहाँले पछिल्लो समय लुम्बिनी प्रदेश सरकार ढाल्न माओवादी केन्द्रले गरिरहेको चलखेलले सरकार नढल्ने बताउनुभयो । सचेतक ढकालले भन्नुभयो, ‘हाम्रो सरकार दह्रो छ, लुम्बिनी सरकार ढाल्ने कसैमा दम छैन ।’

प्रदेश पाँचको पछिल्लो राजनीतिक घटनाबारे बोल्दै उहाँले भन्नुभयो, ‘विरोधी सांसदले आफ्नो आत्मरक्षाका लागि अविश्वाशको प्रस्ताव ल्याउने कुरा उठाउनुभएको हो तर, उहाँहरूसँग प्रक्रियामा जाने दम भने छैन ।’

जसपा सँगको साझेदारी अहिले आवश्यक नरहेको बताउदै उहाँँले भन्नुभयो, ‘हाम्रो सरकार आफैँमा दह्रो छ हामीलाई जसपासँगको सहकार्य जरुरी छैन ।’

माओवादी केन्द्रका मन्त्रीहरूलाई हटाउने प्रसंगमा उहाँले भन्नुभयो, ‘उहाँहरूलाई हामीले हटाइरहन जरुरी छैन, उहाँहरूको पछिल्लो गतिविधि हेर्दा आफैँ पद छाडेर जाने संकेत देखिन्छ ।’

भुमेश्वरले लुम्विनीमा हिउँदे अधिवेशन जरुरी नभएको बताउनुभयो । प्रदेशका सबै विधेयकहरू समितिमा प्रस्तुत भइसकेको र अब कुनै विधेयक तथा नीतिहरू प्रस्तुत गर्न बाँकी नरहेका कारण प्रदेशमा हिउँदे अधिवेशन जरुरी नभएको उहाँले बताउनुभयो ।

‘समितिका कामहरु सक्किए, विधेयकहरु प्रस्तुत भइसके अब बर्खे अधिवेशन र बजेटमा काम हुन्छ, हिउँदे अधिवेशनको आवश्यकता छैन,’ उहाँले भन्नुभयो ।