अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीले राजीनामा दिने

गण्डकी प्रदेश : माओवादीका दुई मन्त्रीले राजीनामा दिने


पोखरा- गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका हुन् ।

माओवादी केन्द्रका एक नेताका अनुसार आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले राजीनामा दिने भएका हन् ।

प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्‍दैछ ।