अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रावलको नेतृत्वमा सुदूरपश्चिममा बन्यो माधव गुटको समान्तर कमिटी

रावलको नेतृत्वमा सुदूरपश्चिममा बन्यो माधव गुटको समान्तर कमिटी


काठमाडौं- माधव कुमार नेपालको गुटले सुदूरपश्चिममा पनि समान्तर कमिटी बनाएको छ ।

मंगलबार सम्पन्न प्रदेशस्तरीय गुटभेलाबाट प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा समेत समान्तर कमिटी बनाएको स्रोतले बताएको छ । नेकपा एमालेका निलम्बित नेता भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी निर्माण गरिएको हो ।

यद्यपि, दार्चुलामा भने पार्टीले कमिटी बनाएको छैन । भेलाले कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशीको नेतृत्वमा गुटको समान्तर कमिटी बनाएको हो ।

बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।

गुटको समान्तर कमिटीको विस्तारित स्वरूप पत्रकार सम्मेलन मार्फत दिइएको छ ।