अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रवेश गरेका बोहरालाई माओवादीले सोध्यो स्पष्टीकरण

एमाले प्रवेश गरेका बोहरालाई माओवादीले सोध्यो स्पष्टीकरण


काठमाडौं- नेकपा एमाले प्रवेश गर्नुभएका माओवादी केन्द्रका सांसद झपटबहादुर बोहरालाई बुधबार स्पष्टीकरण सोधेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य बोहरा नेकपा विवाद पछि एमाले प्रवेश गर्नुभएको थियो । उहाँलाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले दल त्यागसम्बन्धी कानुनअनुसार तपाईलाई कारबाही किन नगर्ने ? भन्दै बोहरालाई स्पष्टीकरण सोध्नुभएको हो ।