अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा कार्यक्रम थप ६ जिल्लामा सञ्चालन

स्वास्थ्य बीमा कार्यक्रम थप ६ जिल्लामा सञ्चालन


काठमाडौं- नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

आज बुधबार बाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरू गरिएको छ ।

स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडि फर्कने विकल्प नरहेको बताउनुभयो ।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराउनुभयो । स्वास्थ्य बीमाका विमितहरूलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उहाँले चेतावनी नै दिनुभयो ।

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरू गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसँगै अब स्वास्थ्य बीमा कार्यक्रम ७५ वटा जिल्लामा लागू भएको छ ।