अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज २ सय ८८ जनामा कोरोना संक्रमण

देशभर आज २ सय ८८ जनामा कोरोना संक्रमण


काठमाडौं- देशभर शुक्रबार २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७१ जनाको आरटीपीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ७३५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।