अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत


सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत गर्नु भएको छ ।

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा शनिबार स्वीकृत गर्नु भएको हो ।

रिक्त रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पाउनुभएको छ ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार मन्त्री भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री केसीलाई दिइएको छ ।

एमालेका तीन मन्त्रीले राजीनामा दिएसँगै कर्णालीको सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलको बैठकले चैत ५ गतेबाट लागू हुनेगरी माओवादी नेतृत्वका कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।