अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोप आपूर्तिका लागि भारतीय समकक्षीलाई स्वास्थ्यमन्त्री त्रिपाठीको फोन

खोप आपूर्तिका लागि भारतीय समकक्षीलाई स्वास्थ्यमन्त्री त्रिपाठीको फोन


काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्ति तत्काल सुचारू गर्न भारतलाई आग्रह गर्नु भएको छ । भारतीय समकक्षी हर्षवद्र्धनसँग टेलिफोन वार्ता गर्दै मन्त्री त्रिपाठीले कोभिड-१९ खोप आपूर्ति गर्न आग्रह गर्नुभएको हो ।

अवरुद्ध खोप आपूर्तिलाई सुचारू गर्न स्वास्थ्यमन्त्री मन्त्री त्रिपाठीले आग्रह गरेपछि भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले सिरम इन्स्टिच्युटसँग बुझेर चाँडै खबर गर्ने बताउनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री त्रिपाठीले नेपाल र भारतबीच खुला सीमा भएकाले पनि भारतले नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिनुपर्ने आग्रह गर्नुभएको थियो ।

भारतबाट ल्याइएको खोप पहिलो चरणमा दिइसकिएको छ । विगतमा खोप लगाएका व्यक्तिहरूलाई दोस्रो डोज खोप दिनका लागि नेपालले खोप आयात गर्ने प्रयास गरेको हो ।

खोप आयातका लागि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरलाई फोन गर्नुभएको थियो ।

खोप समयमै नआउँदा नेपालमा खोप अभियान प्रभावित भएको छ ।