अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ३ सय ३७ जनामा कोरोना संक्रमण

देशभर आज ३ सय ३७ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १५१ जना संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ । शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।