अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणको दोस्रो लहर : तीन साता शैक्षिक संस्था बन्द गर्ने सीसीएमसीको प्रस्ताव

कोरोना संक्रमणको दोस्रो लहर : तीन साता शैक्षिक संस्था बन्द गर्ने सीसीएमसीको प्रस्ताव


काठमाडौं- नेपालमा युके भेरियन्टको कोरोना संक्रमण फैलिने खोजिम बढेको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ३ साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै संक्रमण बढी हुने स्थानका विद्यालय र कलेज ३ साता बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ठूला शहरी क्षेत्रमा नयाँ भेरिन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सीसीएमसीलाई प्रस्ताव गरेको थियो ।

सीसीएमसीले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन पनि अपील गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार सीसीएमसी पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपील गर्ने निर्णय गरिएको हो ।