अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिएण्डसी अस्पतालले १ सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने

बिएण्डसी अस्पतालले १ सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने


झापा- बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सरकारले लागू गरेको स्वास्थ्य बीमा सुविधा लक्षित वर्गमा पुग्न नसकेको बताउनुभएको छ ।

उहाँले सोमबार पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिएण्डसी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा लिन विपन्न वर्गभन्दा सम्पन्न वर्गका व्यक्तिहरू धेरै आउने गरेको बताउनुभएको हो ।

विपन्न तथा पछाडिएको समुदायका नागरिकलाई प्राथमिकतामा राखेर अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत एक परिवार नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् ।

‘जुन समुदाय राज्यको पहुँचभन्दा बाहिर छ, त्यो समुदायलाई विशेष प्राथमिकतामा राखिनेछ,’ निर्देशक प्रसाईंले भने, ‘सन्थाल, मेचे, मुसहर, उरावलगायत पछाडि परेको र विपन्न परिवारलाई अस्पतालले निःशुल्क बीमा गरिदिन्छ ।’ प्रत्येक परिवारका लागि तीन हजार ५ सय रुपैयाँ खर्च गरेर बीमा गरिने अस्पतालले जनाएको छ ।

यसैबीच, सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै अस्पतालले करिब अढाइ करोड रुपैयाँको लागतमा बिर्तामोड २ को मोहनमाया माविको भवन निर्माण सम्पन्न गरेको गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, अर्जुनधारा ६ को लक्ष्मीपुर मावि र अर्जुनधारास्थित खुदुनाबारीको जनता माविको भवन निर्माण पनि अस्पतालले गरिदिने जनाएको छ ।