अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ५५९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु

देशभर आज ५५९ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा नेपालमा ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म २ लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । पछिल्लो २४घण्टामा कोभिड सङ्क्रमणले १३ व्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ३ हजार ५३ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३ हजार ३ सय ६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म २३ लाख १७ हजार २ सय ८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।