अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु

सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु


दोलखा– दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खस्दा १७ जना घाइते भएका छन् ।

दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खत्री र २४ वर्षीया चन्दिका खड्का छन् । उनीहरू सबै एकै गाउँका हुन् ।

दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

उकालो कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप चालकले घुम्ती काट्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।