अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन सुझावसमेत दिएको छ ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हो ।

१८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने उहाँले बताउनुभयो ।