अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ४६० कोरोना संक्रमित थपिँदा १५३ जना डिस्चार्ज

आज ४६० कोरोना संक्रमित थपिँदा १५३ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा नेपालमा ४ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय ६० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ८० हजार ९४८ पुगेको छ ।

गत २४ घण्टामा १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।