अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

प्युठानमा जीप दुर्घटना, दुई जनाको मृत्यु


प्युठान- गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार लु१ज १६५५ नं. को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।