अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठान जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

प्युठान जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो


प्युठान- प्युठानमा बुधबार बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार हुनुहुन्थ्यो ।

मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।

यस्तै, मृतक सूर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार र केशव कार्की उक्त जिपका चालक रहेको प्रहरीले जनाएको छ ।