अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ६०३ जनामा कोरोना संक्रमण

देशभर आज ६०३ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार २ सय ८९ परीक्षण र ४ सय ५१ जनाका एन्टिजेन परीक्षण गर्दा देशभर ६ सय ३ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये २५४ संक्रमित काठमाडौं उपत्यकाका हुन् ।

उपत्यकामा आज काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरका २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।