अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : यो वर्ष यी ४२५० विद्यालयले पाए रकम (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : यो वर्ष यी ४२५० विद्यालयले पाए रकम (सूचीसहित)


काठमाडौं- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका देशभरका ४ हजार २ सय ५० विद्यालयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रकम बाँडफाँट गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार छनोट भएका विद्यालयले स्थानीय तहमार्फत् रकम पाउने छन् । उक्त कार्यक्रमका लागि आवेदन परेका ६ हजार ९ सय २१ विद्यालयमध्ये छनोटमा परेका विद्यालयलाई एक करोडदेखि ६ लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराइएको छ ।

सरकारले चालू शैक्षिक सत्रमा नै योजना सम्पन्न गर्नेगरी आर्थिक वर्ष २०७७/०७८ मा नै कुल बजेटबाट पाँच अर्ब ६ करोड ५० लाख रुपैयाँ विभिन्न कार्यक्रमका लागि बाडँफाँट गरेको छ ।

केन्द्रका अनुसार दुई कोठे भवन बनाउन १८ लाख, चार कोठे भवन बनाउन ३६ लाख र विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै पुस्तकालय निर्माण गर्न ६ लाख ५० हजार र शैक्षिक सामग्री व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम विद्यालयलाई उपलब्ध गराइने विवरणमा उल्लेख गरिएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुस्