अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ९ सय जनामा कोरोना संक्रमण

देशभर आज ९ सय जनामा कोरोना संक्रमण


काठमाडौं- देशरभ आज ९ सय जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ५५७ जनाको पीसीआर र ६३१ जनाको एन्टिजिन परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म २ लाख ७४ हजार ८१२ जना निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले चार व्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० जनाको मृत्यु भएको छ ।

हाल देशभर ५ हजार आठ जना आइसोलेशनमा र ७७ जना क्वारेन्टिनमा बसिरहेको मन्त्रालयले जनाएको छ ।