अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुरानै अवस्थामा फर्कंदै कोरोना महामारी

पुरानै अवस्थामा फर्कंदै कोरोना महामारी


 

काठमाडौँ — सक्रिय कोरोना संक्रमितको संख्या पुरानै अवस्थामा फर्किएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यो पछिल्लो चार महिनाकै उच्च हो । त्यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५ सय ५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका ९ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ५ जना संक्रमित भएका छन् ।

शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो ।

जोखिम कम गर्न मन्त्रालयले बिहीबार उपत्यकाका ३ सहित १४ जिल्लालाई अति प्रभावित सूचीमा राखेको थियो ।