अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ८ सय ४३ जनामा कोरोना संक्रमण

देशभर आज ८ सय ४३ जनामा कोरोना संक्रमण


काठमाडौं- गत २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३३३ को पीसीआर र ६ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आज ८ सय ४३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

त्यस्तै, शनिबार २ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ३८ जना सङ्क्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल ५ हजार ५४५ जना सक्रिय संक्रमित छन् । त्यस्तै, गत २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।

मन्त्रालयको कोरोना तथ्यांक :